प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले भन्यो- रमेश पाण्डे नै आधिकारिक अध्यक्ष – Nepal Press

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले भन्यो- रमेश पाण्डे नै आधिकारिक अध्यक्ष

काठमाडौं । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले संसद विघटनको मुद्दामा स्वतन्त्र न्यायालयमाथि हुने हस्तक्षेप र दबाबको विरोध गरेको छ । अदालतमै विषय प्रवेश गरेकाले न्यायिकरुपमै त्यसको निरुपण हुनुपर्ने माग पनि मञ्चले राखेको छ ।

अध्यक्ष रमेश पाण्डेले विज्ञप्ती जारी गर्दै मञ्च सामाजिक संस्था भएकाले राजनीतिक विवादलाई दबाबभन्दा कानुनीरुपले समाधान गर्नुपर्ने उल्लेख छ ।

मञ्चले केपी ओली नेतृत्वको सरकारले देश र जनताको लागि विकास र सम्बृद्धिका पक्षमा गरको कामलाई समर्थन जनाएको समेत उल्लेख गरेको छ । अर्को पक्षले सामाजिक संजाल र मिडियामा मन्चको नेतृत्वको बारेमा भ्रमपूर्ण अफवाह फैलाएकाले रमेश पाण्डे नेतृत्वको समितिनै आधिकारिक रहेको प्रष्ट पारेको छ ।


प्रतिक्रिया

One thought on “प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले भन्यो- रमेश पाण्डे नै आधिकारिक अध्यक्ष

  1. . यहाँहरुको सही निर्णय लाग्यो!
    जब माओवादीका प्रचण्ड पक्षीय कार्यकर्ताको रवैया देखियो, तब हामीले ओली कसरी बाँध्य हुनुभएको रहेछ भन्ने कुरा बुझियो, माओवादीका नेता प्रचण्डको नियतै ठीक नभएको, पूर्वएमालेमा पसेर रजाइँ गर्ने उदेश्य, किनकी ओली बिरामी मरीहाल्छन्, तर ओली मरेनन्, झन तगडा भए, भ्रष्टचारका मुद्दाहरु पूनः चल्ने भएपछी सातो गएको छ निन्द्रा लागेको छैन डर लुकाउने ठाउँ छैन, त्यसैले प्रचण्ड, माकुने र झलेले हतारमा पार्टी फुटाएका हुन, किनकी महाधिवेशबाट हार्ने निश्चित थियो, अनी महाधिवेशनबाट चुनीएको अध्यक्ष ओलोनै वैधानिक हुन तर प्रचण्डले अनावस्यक निहु झिकेर लफडा गरिरहेका छन, किनकी सबै मिलेर उस्लाई टिका लगाएर अध्यक्ष बनाउनुपर्ने, उस्लाई राम्रो संग थाहा छकी चुनाबबाट निश्चत हारिन्छ। यदी प्रचण्ड प्रधानमन्त्री नभएमा जेलको बास निश्चितनैछ। किनकी उस्को अपराध, भ्रष्ट्रचारहरू धेरै भएका छन साथै द्वन्द्वकालीन मुद्दाहरु जीउकातिउ रहेकै छन् ।

Leave a Reply to Hari Shankar Bista Cancel reply

Your email address will not be published. Required fields are marked *