एनआरएनए युएईद्वारा ८ लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता सम्पन्न – Nepal Press

एनआरएनए युएईद्वारा ८ लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता सम्पन्न

युएई । गैरआवसीय नेपाली संघ (एनआरएनए) युएईले तेस्रो भलिबल कप प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारासहित भाइचारा, सामाजिक सद्भभाव, नेपालीपन तथा मेलमिलापको भावना विकासका लागि भन्दै भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा २२ हजार धिराम्स अर्थात झन्डै ८ लाख रुपैयाँ नगद राशी पुरस्कार राखिएको थियो । सो धनराशीको पुरस्कार भलिबल प्रतियोगिता पहिलोदेखि सान्त्वना हुने टोलीले प्राप्त गरेका छन् ।

प्रतियोगितामा एभरेस्ट मस्म पहिलो भयो । उसले नगद साढे ३ लाख (१० हजार दिराम) नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । दोस्रो हुने पियोर डेजर्ट स्पोट्स क्लबले २ लाख (६ हजार दिराम), तेस्रो हुने पाल्पाली समाज युएईले नगद डेढ लाख (४ हजार दिराम ), र सान्त्वनाको उपाधी प्रवासी नेपाली मन्च युएईले चुम्यौ । मन्चले सान्त्वना स्वरुप ७५ हजार पुरस्कार (२ हजार) दिराम नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

एनआरएनए (नेपाल एसोसिएसन) युएईका अध्यक्ष विकाश शाहीका अनुसार प्रतियोगितामा यूएईमा रहेका नेपालीहरुका विभिन्न १२ वटा समुहले भाग लिएका थिए । प्रतियोगिताका लागि कतिपय समुहले नेपालका राष्ट्रिय र प्रदेश स्तरीय खेलाडीलाई समेत दुबई ल्याई खेलाएका थिए ।

यद्यपी एउटा समुहमा बढीमा दुई जना मात्रै यूएई बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने नियम अनुसार सहभागी समूहहरुले नेपालबाट खेलाडी भित्राएका थिए ।

नेपाल एसोसियसनका खेलकुद विभाग प्रमुख तथा कार्यक्रम संयोजक अपिल भट्टराइका अनुसार प्रतियोगितामा झन्डै ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

प्रतियोगिताको एक विशेष कार्यक्रमकाबीच युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता तथा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठ , नेपाली दुतावास आबुधावीका द्वितिय सचिव भुपेन्द्र घिमिरे लगायत युएईका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

दुबईको अल वासल स्पोर्ट्स क्लबमा भएको प्रतियोगितामा झन्डै २ हजार धेरै नेपाली दर्शकहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर