३५ वर्षभन्दा पहिले युएई आएका नेपालीलाई सम्मान गरिने – Nepal Press

३५ वर्षभन्दा पहिले युएई आएका नेपालीलाई सम्मान गरिने

युएई । ३५ वर्ष पहिले युएई आएर हालसम्म बस्दै आएका नेपालीलाई सम्मान गरिने भएको छ । १९९० भन्दा पहिले युएईमा आएर रोजगारी तथा पेशा व्यवसायमा संलग्न जेष्ठ नागरिकलाई आगामी आइतबार दुबईमा सम्मान गर्न लागिएको हो ।

१९९० मा स्थापना भएको नेपाली समाज युएईले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा एक विशेष कार्यक्रम गरेर सस्था स्थापना अघि युएईमा आएका अग्रजहरुलाई विशेष सम्मान गर्न लागेको समाजका अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै समाजले युएईमा विभिन्न विधामा योगदान गरेका बिभिन्न व्यक्तित्व, सहयोग गर्दै आएका एयरलाइन्स, अन्य समुदायका अग्रजहरुलाई समेत सम्मान गर्न लागेको जनाएको छ ।

सन् १९९० मा इराक-कुवेत युद्धको बेला त्यहाँका पीडित नेपालीको सहयोगका लागि स्थापना भएको नेपाली समाज युएईको सबैभन्दा पुरानो छाता साझा सस्था हो ।

समाजमा अहिले ५० भन्दा बढी सस्था आबद्ध छ्न, नेपाली समाज र आबद्ध सम्पुर्ण संघ-सस्थाहरुको संयुक्त आयोजनामा स्थापना दिवस मनाउन लागिएको समाजले जनाएको छ । कार्यक्रमका लागि समाजका अध्यक्ष अर्यालको सम्योजकत्वमा समाजमा आबद्द अन्य सस्था प्रमुखहरु संलग्न मुलआयोजक समिति बनाईएको छ ।

समाजले स्थापनाको ३५ औं वर्ष पारेर आगामी आइतबार दुबईमा नेपालबाट चर्चित कलाकारहरुको उपस्थितीमा विशेष कार्यक्रम गर्न लागेको समाजका महासचिव केदार कुँवरले जानकारी दिए ।

त्यस्तै समाजले सोही अवसरमा गएको आइतबारबाट ३५ दिनसम्म निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिरहेको छ । बर दुबईमा रहेको किम्सहेल्थ मेडिकल सेन्टरको प्राविधिक सहयोगमा हरेक दिन (१४ अप्रिल देखि २० मे २०२४ सम्म) बिहान १० देखि २ बजे सम्म स्वास्थ्य शिविर सञ्चालन गरिरहेको समाजका सचिव प्रकाश दत्त बडुले बताए ।

दुबईको क्लब एसके-सेभेन क्लबमा गायक नारायण रायमाझी, कुलेन्द्र विक, गायिका द्वय शान्तीश्री परीयार, रेश्मा बमजन लगायत लाङ्घघाली संगीत संसार, इनास डान्स ग्रुप, लगायत स्थानीय कलाकारले समेत प्रस्तुती रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर