सनराइज बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण – Nepal Press

सनराइज बैंकद्वारा ट्राफिक लाइट हस्तान्तरण

काठमाडौँ । काठमाडौंको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंकले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो ।

बिहीबार सनराइज बैंकले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ । उक्त ट्राफिक लाइट गैह्रिधारा चोकमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

अबको शहर ट्राफिक प्रहरीले हात हल्लाएर मात्रै नचल्ने भन्दै उनले आगामी दिनमा महानगरलाई सभ्य सहर बनाउन प्रविधिको प्रयोगलाई बढाउने बताए। ट्राफिक लाइटले गैह्रिधारा चोकलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उनले विश्वास व्यक्त गरे ।

जनक भट्टराई, प्रहरी बरिष्ठ उपरिक्षक, महानगरीय ट्राफिक प्रहरी महाशाखा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताए ।

यसले ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने शर्माको भनाइ छ । जनक शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत, सनराइज बैंकका पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता  जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर