नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा हलिउडमा, ज्याकलिन फर्नान्डिजनसँग टीमअप गर्ने – Nepal Press

नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा हलिउडमा, ज्याकलिन फर्नान्डिजनसँग टीमअप गर्ने

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामाले एक हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । डेडलाइन हलिउड म्यागजिनका अनुसार अन्जलीसँगै उक्त फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले समेत टीमअप गर्ने भएकी छिन् ।

महिलाको विषयवस्तुमाथि फिल्म बन्न लागेको हो । टाइटल चाहिँ सार्वजनिक गरिएको छैन । सार्वजनिक यात्राको क्रममा महिलाले भोग्नुपर्ने अनुभव र चुनौतिलाई चित्रण गरिने फिल्मलाई लिना यादवले निर्देशन गर्ने भएकी छिन् ।

गैरनाफामुलक कम्पनी वी डु इट टुगेदर र लर्भोलिनो इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन्। विभिन्न क्षेत्रका महिलाहरु प्रोजेक्टमा आबद्ध छन् । जसमा कारा डेलेभिङ्ने, इभा लोंगोरिया, मार्गेरिटा बाइ लगायत आबद्ध हुने जनाइएको छ ।

निर्माता कम्पनी वु डु इट टुगेदरका प्रमुख चिलारा टिलेटीका अनुसार फिल्मले मिडिया र फिल्ममा महिलाको छवि वस्तुगतबाट विषयगत बनेको कुरालाई चित्रण गर्छ । विभिन्न देशका ६ जना महिला निर्देशकले फिल्ममा धारणा सेयर गर्ने भएका छन् ।

भारत र अमेरिकामा फिल्म छायांकन हुने भएको छ । सबैजना कलाकार महिला हुने भएका छन् । नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा नेपाल र भारतीय र्‍याम्पमा चर्चित नाम हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर