प्रधानन्यायाधीशको आग्रह- १०/१५ मिनेटभन्दा समय दिन्नौं, हठ नगर्नुहोला – Nepal Press
संवैधानिक इजलास

प्रधानन्यायाधीशको आग्रह- १०/१५ मिनेटभन्दा समय दिन्नौं, हठ नगर्नुहोला

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका धेरै रिटमा अझैं बहस हुन बाँकी रहेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसमा भाग लिने अधिवक्ताहरूलाई धेरै समय नदिने संकेत गरेका छन्।

बुधबार बहस गर्ने अधिवक्ताहरूलाई जबराले एक जनालाई १० देखि १५ मिनेटमात्र समय दिन सक्ने बताएका छन्। उनको भनाइ थियो ‘अब तपाईंहरूलाई १०/१५ मिनेट भन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला।’

अझै ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै उनले धेरै समय नलिन आग्रह गरे। सबैलाई बोल्ने अवसर दिनुपर्ने भन्दै राणाले भने, ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ। उहाँहरुलाई पनि समय दिनैपर्‍यो।’

सोमबारदेखि नेकपा संसदीय दलका नेता देव गुरुङ लगायतको रिटमा बहस भइरहेको छ। ४ माघदेखि संवैधानिक इजलासमा शुरु भएको बहसमा हालसम्म ७ वटा रिटमा मात्रै सुनुवाइ सकिएको छ। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा जम्मा १३ वटा रिट परेका छन्।

बहसमा एउटै अधिवक्ताले धेरै समय लिएको र धेरैले एउटै कुरा दोहोर्‍याउने गरेका छन् । यसले संवैधानिक इजलासमा भइरहेको बसहको रौनकता पनि घट्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर