संवैधानिक इजलास पुनर्गठन हुँदै, वृहत पूर्ण इजलासको माग यथावत – Nepal Press
प्रतिनिधिसभा विघटन

संवैधानिक इजलास पुनर्गठन हुँदै, वृहत पूर्ण इजलासको माग यथावत

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एक सातापछि आज पुनः संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले आजै संवैधानिक इजलास पुनर्गठन गर्नेछन् ।

यसअघिको इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले वकिलहरुबाट प्रश्न उठेपछि आफू नबस्ने घोषणा गरेका थिए । अब कार्कीको ठाउँमा एकजना मात्र नयाँ न्यायाधीश थप्ने कि इजलासनै नयाँ बनाउने भन्ने टुंगो हुन बाँकी छ ।

प्रधान न्यायाधीशको अध्यक्षतामा हुने संवैधानिक इजलासमा ४ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । इजलासमा हरिकृष्ण कार्की,विश्वम्भर प्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसी थिए ।

यसैबीच रिट निवेदकहरुले आज पनि प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा होइन सर्बोच्च अदालतको वृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग राख्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर