सुरक्षा निकायसँगको छलफल सकियो, निर्वाचन सुरक्षामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन – Nepal Press

सुरक्षा निकायसँगको छलफल सकियो, निर्वाचन सुरक्षामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफल सकिएको छ ।

संसद विघटन गरि नयाँ निर्वाचनको घोषणा भएपछिको सन्दर्भलाई लिएर प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग आइतबार साँझपख छलफल आयोजना गरेका थिए।

छलफलमा प्रधानमन्त्री ओलीले प्रस्तावित निर्वाच सुरक्षामा केन्द्रित भएर लाग्न निर्दशन दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको उल्लेख गरेका छन्।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख गणेश अधिकारी सहभागी थिए।

यसअघि प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगका प्रमुख र सदस्यहरुसँग छलफल गरेका थिए। निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको बताउँदै कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका थिए।

प्रधानमन्त्रीले निर्वाचनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार तयार भएको आयोग पदाधिकारीहरुलाई जानकारी गराएका थिए।

संसद विघटनपछि सरकारले बैशाख १७ र २७ मा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गराउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर