पितृशोक – Nepal Press
पितृशोक

पूर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ । बास्कोटाका पिता हरिप्रसादको मंगलबार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो । हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बास्कोटा कान्छा हुन् ।