के गर्छन् सुवास नेम्वाङका दुई छोरी शुसाङ र सारा ? – Nepal Press

के गर्छन् सुवास नेम्वाङका दुई छोरी शुसाङ र सारा ?

काठमाडौं । मंगलबार हृदयाघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टि गरिँदैछ ।

बालुवाटारस्थित निवासबाट राजकीय सम्मानसहित उनको शवयात्रा निकालिएको छ । छोराहरू देशबाहिर रहेकाले नेम्वाङको अन्तिम संस्कारमा ढिलाइ भएको हो ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । सुहाङ केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् ।

मिसाङपछिकी छोरी शुसाङ नेम्वाङ डेण्टल सर्जन हुन् । उनी समाज डेण्डल हस्पिटलमा कार्यरत छिन् । सबैभन्दा कान्छी छोरी सारा (सम्या) स्नातक सकेर एमएसडब्ल्यू अध्ययन गरिरहेकी छन् । दुवै छोरी अविवाहित हुन् ।

कान्छा छोरा सुहाङबाहेक अरु राजनीतिक गतिविधिमा सक्रिय छैनन् । बाँकी तीन सन्तान र उनकी पत्नी सरोज भोटरमात्रै हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *