सहकारी क्षेत्रलाई बचाउन कठोर समाधान निकाल्न जरुरी छ : मन्त्री अधिकारी (भिडिओ) – Nepal Press

सहकारी क्षेत्रलाई बचाउन कठोर समाधान निकाल्न जरुरी छ : मन्त्री अधिकारी (भिडिओ)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका समस्या समाधानका लागि कठोर समाधान निकाल्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार ‘सहकारीमा दोस्रो तहको नियामक निकायको आवश्यकता र औचित्य’ विषयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारीलाई सुधार गर्न दोस्रो तहको नियामक आवश्यक रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘सहकारीका लगी दोस्रो तहको नियमन निकाय बनाउने भनेका छौ । मुख्य कुरा भनेको अनुशासन हो । अनुशासन भनेकै सुशासन हो । त्यसैले पहिलो बाटो भनेको अनुशासन हो । सहकारीमा विभिन्न ठाउँबाट रकम उठाउने र त्यसको आधारमा व्यक्तिगत उद्देश्य पूरा गर्ने प्रवृत्ति रहेको छ । त्यसलाई भत्काउन जरुरी छ । तिनै सरकारले मान्यता दिएका सहकारी यति धेरै सहकारी आवश्यक छन् कि छैन भन्ने कुरा सोच्नुपर्नेछ । जहाँसम्म सहकारी क्षेत्रमा रहेका भित्र समस्या छन् । त्यसलाई समाधान गर्नका लागि ठोस कदम उठाउन जरुरी छ । समस्या समाधान गर्न कठोर समाधान निकाल्न जरुरी छ । सहकारी सम्बन्धी छुट्टै एन ल्याउनुपर्ने छ । त्यसको कार्य स्वरूप छिटै अगाडी ल्याउँछौ । अब सहकारी क्षेत्रलाई नियमन गर्न शक्तिशाली निकाय बनाउने छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर