एमडीएमएस खरिदमा भ्रष्टाचार, एक अर्ब बिगो दाबीसहित २० जनाविरुद्ध मुद्दा दर्ता – Nepal Press

एमडीएमएस खरिदमा भ्रष्टाचार, एक अर्ब बिगो दाबीसहित २० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्व अध्यक्षद्वय खनाल र झासहित तत्कालीन निर्देशक आनन्दराज खनाल,हालका निर्देशक दीपेश आचार्य,सुरेन्द्र हाडा, अच्युतानन्द मिश्रसहितलाई विपक्षी बनाएको छ ।

त्यस्तै अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनाेदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पाैडेल र निराजन काेइरालाविरुद्ध पनि मुद्दा दायर गरेकाे छ ।

यो पनि पढ्नुहोस्- एमडीएमएस खरिदमा अर्बौंको भ्रष्टाचार, मन्त्रालयकै छानबिनले देखायो दर्जनौं अनियमितता (प्रतिवेदनसहित)

यो पनि पढ्नुहोस्- प्राधिकरणभित्र अर्बौंका ४ वटा लुट- राजीनामा गर्दैमा पुरुषोत्तमलाई कानून र विधिले दिन्छ छुट ?

एमडीएमएस खरिदमा अनियमितताको समाचार पहिलो पटक नेपाल प्रेसले खुलासा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *