एउटा ट्राफिक प्रहरीले २२ सयभन्दा बढी सवारी साधनको चाप हेर्नुपर्ने जिम्मेवारी – Nepal Press

एउटा ट्राफिक प्रहरीले २२ सयभन्दा बढी सवारी साधनको चाप हेर्नुपर्ने जिम्मेवारी

२४ लाखभन्दा बढी सवारी साधनमाथिको कारबाहीबाट पौने दुई अर्ब राजस्व सङ्कलन

काठमाडौं । एउटा ट्राफिक प्रहरीले २२ सय भन्दा बढी सवारी साधनको चाप हेर्नुपर्ने जिम्मेवारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार कार्यालयमा गरेको पत्रकार सम्मेलनमा नेपालमा ७७ हजार तीन सय दुई किलोमिटर सडक रहेकोमा ६२ लाख ३८ हजार तीन सय एक सवारी साधन दर्ता
भएर सञ्चालनमा रहेको जनाएको छ ।

जसमा ट्राफिक प्रहरीको जम्मा संख्या दुई हजार ७७० जना मात्रै रहेकाले एक जना ट्राफिक प्रहरीले दुई हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने जिम्मेवारी चाप रहेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अनुपातका दैनिक सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु हुने गरेको र ८३ जना घाइते हुने गरेका छन् ।

ट्राफिक प्रहरीको सीमित जनशक्तिका बाबजुद पनि २०७९ चैत १० गतेदेखि २०८० फागुन ३० गतेसम्म करिब एक वर्षको अवधिमा २४ लाख ३१ हजार ५९३ सवारी साधनमाथिको कारबाहीबाट एक अर्ब ८६ करोड ५२ लाख २६ हजार ३५४ राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *