सचिवमा बढुवाका लागि तीन जनाको नाम सिफारिस – Nepal Press

सचिवमा बढुवाका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको रिक्त रहेको राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठक सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिस भएका लम्साल सुदूरपश्चिम प्रदेशको कायममुकायम कामु प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा छन् भने दोस्रो नम्बरमा सिफारिस भएका शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिव र पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी अनिवार्य अवकाशमा गएपछि रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिव सिफारिस भएका हुन् ।

वरिष्ठताका आधारमा पहिलो नम्बरमा सिफारिस भएका सुदूरपश्चिम प्रदेशका कामु प्रदेश प्रमुख सचिव लम्साल सचिवमा बढुवा हुनेछन् । सम्भव त बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्नेछ ।

लगत्तै अब बस्ने बढुवा सिफारिस समितिको बैठकले अर्को रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि सिफारिस गर्नेछ । यस अघि निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम अनिवार्य अवकाशमा गएपछि कर्णाली प्रदेश सरकारका कामु प्रमुख सचिव चुणामणि पौडेल सचिवमा बढुवा भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *