गगन थापाले फेरि ‘संवाद यात्रा’ थाल्ने – Nepal Press

गगन थापाले फेरि ‘संवाद यात्रा’ थाल्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोकिएको ‘संवाद यात्रा’ फेरि थाल्ने भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको संवाद यात्रा सुरु गर्न लागेका हुन् ।

गत माघ २३ बाट स्थगित भएको हुलाकी राजमार्गअन्तर्गत संवाद यात्रा भोलिबाट सुरू हुन लागेको महामन्त्री थापाको सचिवालयले जनाएको छ । यात्राका क्रममा थापाले पार्टीका नेताहरूसँग छलफल, नेता कार्यकर्ताको सुझाव र जनतासँग प्रत्यक्ष भेटवार्ता पनि गर्नेछन् ।

माघ १३ गते अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत नेताहरूको अपस्थितिमा सुरूआत गरेका थिए । त्यसबेला बुढाथोकीको निधनपछि थापाको संवाद यात्रासँगै कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको थियो ।

तर, त्यसबारे अहिलेसम्म पार्टीले कुनै निर्णय गरेको छैन । अभियानलाई पनि निरन्तरता दिने विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘अब समुदायमा कांग्रेस अभियानलाई निरन्तरता दिन्छौं । सदस्यता वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउने कामका लाग्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर