बालुवाटारमा प्रचण्डको ब्रिफिङ- प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन – Nepal Press

बालुवाटारमा प्रचण्डको ब्रिफिङ- प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन

पदाधिकारी बैठकमा कर्णाली प्रदेशको नेतृत्व छाड्न नहुने जनार्दनको अडान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनमा प्रदेशको भागबण्डाको विषयमा नटुंगिएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्।

बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलहरुबीच छलफल भइरहेपनि कुरा मिलिनसकेको जानकारी गराएका हुन्।

बैठकपछि प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,‘प्रदेशको भागबण्डाको बिषयमा छलफल चलिरहेको छ। अहिलेसम्म टुंगिएको छैन। भोलिसम्ममा टुगिनसक्छ। ’

सत्ता गठबन्धन फेरिएपछि नयाँ समीकरणमा प्रदेश सरकारको बिषयमा छलफल चलिरहेको छ। त्यस बिषयमा प्रचण्डसँग सोमबार एमाले अधयक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालले छलफल गरेका थिए।

गठबन्धनमा कोृशी, मधेश र सुदूरपश्चिमको विषयमा कुरा मिलेपनि कर्णाली, लुम्बिनी, बागमती र गण्डकीका विषयमा अझै सहमति जुटिसकेको छैन। कोशी एमाले, मधेशमा जसपा र सुदूरपश्चिममा नाउपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइन्छ। कोशीबाहेक कर्णाली र गण्डकी एमाले र लुम्बिनी र बागमती माओवादीले लिनेगरी छलफल अघि बढेको छ।

तर, आज बसेको माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्वले आफूहरुले पाउनुपर्ने अडान राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर