हौसिएर एमालेसँग एकता गर्ने पक्षमा छैनौँ, अहिलेको सहकार्य राम्रोसँग गरौँ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

हौसिएर एमालेसँग एकता गर्ने पक्षमा छैनौँ, अहिलेको सहकार्य राम्रोसँग गरौँ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै कम्युनिष्टहरु एकताबद्ध भए देशको निर्णायक शक्ति बन्ने बताए ।

उनले भने, ‘कम्युनिष्टहरुले जति बेला एकता र सहमतिको बाटोमा हिँडेको थियौँ देशभर उल्लास, उत्साह र उमंग उत्सवको वातावरण बनेर दुई तिहाइ नजिक पुगेका थियौँ। विभाजित भएपछिको तिता अनुभव हामीले गरिसकेका छौँ । पहिलाको जस्तो हौसिएर कम्युनिष्ट एकताको पक्षमा छैनौँ । हामीले त्यो बेलामा समय भन्दा अगाडि दौडिएछ भन्ने हेक्का राख्नुपर्छ । अहिले सहकार्य थालेका छौँ । राम्रो सहकार्य गरौँ यसबाट देश र जनतालाई राम्रो सेवा हुँदै गयो भयो राजनीतिक दलहरुबीच एकताको आधार तय हुन्छ ।’

कम्युनिष्टहरुबीच सहकार्यबाट नै समाजवादको बाटोमा देशलाई लैजाने सम्भावना रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर