आफूमाथिका नेताहरुविरुद्ध तथानाम स्टाटस लेखे कारबाही हुने ओलीको चेतावनी – Nepal Press

आफूमाथिका नेताहरुविरुद्ध तथानाम स्टाटस लेखे कारबाही हुने ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा माथिका नेताहरुलाई अपमान गर्नेगरी स्ट्याटस नलेख्न निर्देशन दिएका छन् ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिएका हुन् । उनले पार्टीका नेता÷कार्यकर्ताहरुले आफू भन्दा माथिका नेताहरुलाई लक्षित गरी तथानाम स्ट्याटस लेखेको भन्दै गलत स्ट्याटसहरु कारबाहीको दायरामा आउने चेतावनी दिए । उ

नले जथाभावी रुपमा पार्टीका आन्तरिक कुराहरु र नेताहरुलाई विपक्ष बनाएर स्ट्याटस नेलख्न सचेत गराए । उनले कुनै विमति भए पार्टी भित्रका कमिटीमा छलफल गर्न सकिने बताए । उनले आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिनसक्ने गरी मात्रै स्ट्याट्स लेख्न आग्रह गरे ।

‘मैले कतिपय साथीहरुका स्ट्याटसहरु हेरेको छु । नेताहरुको स्ट्याटसहरु हेरेको छु । आफू भन्दा माथिका नेताहरुलाई तथानाम बोलेर । सट्याटस कारबाहीको विषय बन्नेछ । म सचेत पनि गराउन चाहन्छु । यदी बेलगाम भयो मान्छे, छाडा भयो भने थाहा छैन जथाभावी लेख्नुहुँदैन भन्ने । यहाँ कमिटीमा छलफल गर्नुस् । बाहिर किन स्ट्याटस लेख्नुहुन्छ ? त्यस्तो काम नगर्नुस्’, उनले भने, ‘पार्टी भित्रका आन्तरिक कुराहरुमा कसैलाई पक्ष, विपक्ष गरेर स्ट्याटस नलेख्नुस् । मैले स्ट्याटस लेख्दा सावधानीसाथ लेखिन भने के हुन्छ । मैले यसका अर्थ त दिनुपर्छ । आफ्नो स्ट्याटसको जवाफ मैले दिनुपर्दैन ? म अध्यक्ष हुँ ठोकिदिएँ भनेर हुन्छ, त्यो हुँदैन, म पनि जिम्मेवार भएर लेख्नुपर्छ । मैले भनेका कुरा मैले जिम्मेवारी लिनुपर्छ, स्ट्याटस त्यसरी नलेख्नुस्, भनेर नहिँड्नुस् । आफ्नो तौर तरिकालाई सच्याउनुस् । त्यसले आफूलाई सक्षम बनाउँछ । योग्य बनाउँछ ।’

अध्यक्ष ओलीले आफ्ना अभिव्यक्तिहरु जवाफ दिनसक्ने गरी मात्रै व्यक्त गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर