पूर्व सूचना प्रणालीमा योगदानका लागि सरकारद्वारा एनसेललाई सम्मान – Nepal Press

पूर्व सूचना प्रणालीमा योगदानका लागि सरकारद्वारा एनसेललाई सम्मान

काठमाडौं । नेपाल सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरेको छ । काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशील चन्द्र तिवारीले एनसेललाई सम्मान स्वरूप कदर पत्र प्रदान गरेका हुन् ।

एनसेलले पूर्व सूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर पत्र प्रदान गरिएको हो ।

पूर्व सूचना प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ ।

सन् २०१८ मा पनि जल तथा मौसम विज्ञान विभाग र सोसाइटी अफ हाइड्रोलोजिष्ट एन्ड मेटिओरोलोजिस्ट (सोहम), नेपालले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानको कदर गर्दै डा. ऋषि राम शर्मा विपद् पूर्व तयारी तथा प्रतिकार्य पुरस्कार प्रदान गरिएको थियो ।

एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल मणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पूर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौ र यो कदर पत्रका लागि हामी आभारी छौँ । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता अनुरूप यो सहकार्य गरिरहेका छौँ । सम्भावित विपद्बाट आम नेपालीको जनधन जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । हामी सारा नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छौँ र यसै अनुरूप आगामी दिनमा पनि प्रभावकारी कार्यहरू गर्दै जाने छौँ ।’

सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर