न्याय सेवाका दुई सचिवको काज सरुवा, कानून मन्त्रालयमा गौतम र आयोगमा सापकोटा – Nepal Press

न्याय सेवाका दुई सचिवको काज सरुवा, कानून मन्त्रालयमा गौतम र आयोगमा सापकोटा

काठमाडौं । सरकारले न्याय सेवाका दुई सचिवको सरुवा गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारीमा रहेका फणीन्द्र गौतमलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

यस्तै मन्त्रालयका सचिव उदयराज सापकोटालाई त्यहाँबाट सरुवा गरे र सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।

शुक्रवार अन्तिम समयमा सरुवा पत्र तयार पारिएसँगै कानुन गौतमले सरुवाको पत्रसमेत बुझिसकेका छन् । न्याय सेवाका सचिवको सरुवा न्याय परिषद्को सिफारिसमा हुने गरेको भए पनि काज सरुवा भने मन्त्रिपरिषद्ले आवश्यकताका आधारमा गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर