सिंहदरबारमा प्रचण्ड-ओलीको भेट

२०८० चैत ९ गते १३:२०

फाइल तस्बिर ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारमा जारी भेटमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।
नयाँ गठबन्धनबाट सत्ता यात्रा थालेपछि प्रचण्ड र ओलीबीच भेटघाट बाक्लिएको छ । यस्तै आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।
प्रतिक्रिया
समाजबादी मोर्चामा एमाले एबम के पी शर्मा वोलीलाइ सामेल गर्ने भन्ने सोच नै एमाले सिध्याउने खेल हो। एमालेको जनताको बहुदलीय जनबादमा सबै बामपन्थी एकाकार हुनु जरुरी छ। पुच्छरले सरिर हल्लाउने होइन।