महिला न्यायाधीशका काम तुलनात्मकरूपमा विवादरहित छन् : कानूनमन्त्री गिरी (भिडिओ) – Nepal Press

महिला न्यायाधीशका काम तुलनात्मकरूपमा विवादरहित छन् : कानूनमन्त्री गिरी (भिडिओ)

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै उनले न्याय सम्पादन सधैँ सही नहुने बताए ।

अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको कानूनमन्त्रीको जोड छ । पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको भन्दै उनले खुसी जनाए ।

गिरीले भने, ‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले कहीँ त्यसमा कमीहरू आउन सक्छन् । त्यसलाई सच्याइएको पनि हामीलाई थाहा छ । तर, तुलनात्मकरूपले हेर्ने हो भने महिला श्रीमानहरूले, महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित, साँच्चै न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट देख्न सक्छौँ । यो हामी सबैको गौरवको विषय हो ।’

मन्त्री गिरीले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर