महरा पक्राउ परेपछि गगनको टिप्पणी- आयोग बनाउन एमालेको माग सही रहेछ (भिडिओ) – Nepal Press

महरा पक्राउ परेपछि गगनको टिप्पणी- आयोग बनाउन एमालेको माग सही रहेछ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही साबित भएको बताए ।

उनले सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग बनाउनुपर्ने एमालेको माग अहिले सही साबित भएको पनि बताए ।

उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो । प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खरै समाचार सुन्यौँ कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । सरकारलाई धन्यवाद छ आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ । तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । तर, यसले एमालेले प्रतिपक्षको ठाउँमा यो कुरा नउठाएको भए आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ ।’


प्रतिक्रिया

2 thoughts on “महरा पक्राउ परेपछि गगनको टिप्पणी- आयोग बनाउन एमालेको माग सही रहेछ (भिडिओ)

  1. ठूला पार्टीका ठूला नेताकाे बल्ल घैटाेमा घाम लागेछ, धन्य ठूला पार्टीका नेता र हामी कार्यकर्ता ……… ?

  2. बल्ल एमालेलाई चिनेकोमा ढिलै भए पनि गगनलाई बधाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर