सीके राउतको गुनासो- चार दललको सिण्डिकेटले जनतामा निराशा छायो (भिडिओ) – Nepal Press

सीके राउतको गुनासो- चार दललको सिण्डिकेटले जनतामा निराशा छायो (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गरे । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणा विकास भएको उनको टिप्पणी छ ।

‘वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेका छन् । यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक हो’, राउतको जिकिर थियो ।

राउतले मधेसका शोषित उत्पीडितलाई न्याय र समान अवसर पाउन सकून् भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको उनको प्रष्टीकरण छ ।

गठबन्धनको निर्णय अस्वीकार गर्दै जनमतले मधेस र लुम्बिनीमा आफ्नै उम्मेदवार खडा गरेको छ ।


प्रतिक्रिया

One thought on “सीके राउतको गुनासो- चार दललको सिण्डिकेटले जनतामा निराशा छायो (भिडिओ)

  1. आज ज्ञान भयो ? बेच्न उम्मेद्वार दिएनछन् । निराशा त हुने नै भयो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर