एनआरएनए यूकेको आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप, खड्काले गरे ब्रेक थ्रू – Nepal Press

एनआरएनए यूकेको आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप, खड्काले गरे ब्रेक थ्रू

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)को आर्थिक अनियमितता सम्बन्धी मुद्दामा मेलमिलाप भएको छ ।

एनआरएनए यूकेको अघिल्लो कार्यसमितिमा आर्थिक अनियमितता भएको निष्कर्षसहित तत्कालिन चार उपाध्यक्षहरु 
प्रेमगाहा मगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार एवं इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले कानूनी प्रक्रिया अगाडि बढाएका थिए ।

करिब दुई वर्षअघि एनआरएनए यूके पूर्व अध्यक्ष पुनम गुरुङलाई विपक्षी बनाइ यूकेको डार्टफोर्ड काउन्टी कोर्टमा मुद्दा दर्ता भएको थियो ।

मुद्दाका वादीहरु तत्कालिन उपाध्यक्ष नारायण कंडेल, एलवीजेड गुरुङ, रामचन्द्र पोखरेल र मोहन कार्की तथा प्रतिवादी पुनम गुरुङबीच मुद्दा मिलाउने सम्बन्धमा गत २ अक्टोबरमा वार्ता भएको थियो ।

उक्त वार्ताको मध्यस्थता एनआरएनए यूके पूर्व अध्यक्ष तथा च्यारिटीका ट्रष्टी सुनिलबाबु खड्काले गरेका थिए ।

वार्तामा मुद्दामा उठान गरिएका केही विषयमा जानीजानी भन्दा पनि प्रकृयागत रुपमा गल्ती कमीकमजोरी भएको स्वीकार गरेपछि मध्यस्थता गरेका खड्काले समाज मिलाउने आफ्नो प्रमुख जिम्मेवारी सम्झेर मुद्दा टुंग्याउन पहल शुरु गरेका थिए ।

गत २ अक्टोबरमा भएको सहमति अनुसार अदालतमा विचाराधिन उक्त मुद्दा १७ अक्टोबर मंगलबार फिर्ता भएको छ । तर, मुद्दा मिलाउने र फिर्ता गर्ने प्रकृयामा पूर्व उपाध्यक्ष शेर सुनार तथा प्रेम गाहा मगरले अवरोध गर्न खोजेको श्रोतको दावी छ ।

पूर्व अध्यक्ष खड्काले विपक्षी प्रेम गाहामगरलाई पनि वार्तामा ल्याउन लामो पहल गरेका थिए । आफूमाथि विभिन्न लान्छना आएपनि खड्काले समाज मिलाउने सवालमा हदैसम्म लचकता अपनाएर एनआरएनए यूकेको एकतामा जोड दिएपनि सफलता मिलेको थिएन । तर, संघविरुद्ध आर्थिक अनियमितता सम्बन्धी मुद्दाले नकारात्मक सन्देश गइरहेका बेला खड्काको विवेकपूर्ण कदमले मुद्दा ‘ब्रेक थ्रू’ भएपछि सर्वत्र प्रशंसा भएको छ ।

हाल एनआरएनए विश्व सम्मेलनका लागि काठमाडौंमा रहेका खड्काले आफू समाज विभाजन होइन, एकजुट हुनुपर्छ भनेर शुरुवातदेखि नै लागेको बताए । ‘केही साथीहरु अरुलाई गाली गर्दै हिंडेर, मुद्दा मामिला गरेर युद्ध जितिए जस्तो ठान्नुहुन्छ । तर, म जहिले बेलायतको नेपाली समाज एक ढिक्का बनाउन खटिएं । सायद इतिहासले यसको मूल्यांकन गर्ला’ खड्काले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *