जसपाले गर्‍यो आफ्ना महिला सांसदलाई सम्मान – Nepal Press

जसपाले गर्‍यो आफ्ना महिला सांसदलाई सम्मान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरूलाई सम्मान गरेको छ ।

पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा सांसद सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जुकुमारी ठाकुर, र मञ्जु शर्मा अन्सारी छन् । यसैगरी राष्ट्रियसभाका सांसद प्रमिला यादव तथा प्रदेशसभाका सदस्य निर्मला तावा, सुरिताकुमारी साह, किरणकुमारी साह, शोभा देवी, ललिता दास, साहिदा खातुन, ममतादेवी मण्डल, अम्बिका काफ्लेसहित १३ सांसदलाई सम्मान गरिएको जसपाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर