विश्वराजले उद्धारको याचना गरिरहे, तर निर्दयी भिड भिडिओ र फोटो खिच्दै रमिते बन्यो – Nepal Press

विश्वराजले उद्धारको याचना गरिरहे, तर निर्दयी भिड भिडिओ र फोटो खिच्दै रमिते बन्यो

रोजगारीका लागि फ्रान्स जान हिँडेका दोलखाको बैतेश्वरका विश्वराज श्रेष्ठको प्रहरी र घटनास्थलका मान्छेको चरम लापरवाहीले गयो ज्यान

दोलखा । सामाजिक सञ्जालको नियमनबारे व्यापक चर्चा परिचर्चा चलिरहेका बेला सिन्धुपाल्चोकको १६ किलोमा भएको एउटा हृदयविदारक घटनाको दृष्यले गम्भीर बहसको माग गरेको छ ।

जीवनको याचना गरिरहेका रहेका सडक दुर्घटनाका घाइतेको उद्दार गर्नुको साटो सडक किनारामा बसेका मान्छेहरू मोबाइलबाट दृष्य कैद गर्न व्यस्त देखिएको एउटा फोटो अहिले भाइरल भइरहेको छ ।

सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका दोलखाको बैतेश्वर गाउँपालिका-७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठले मुकदर्शक मानिसको भिडकै अगाडी छटपटिदै ढिलोगरी उद्दार हुँदा केही घण्टापछि साँगा पुग्दा प्राणत्याग गरे ।  उनको उद्धार गर्न एकजना पनि अघि सरेनन् ।

मंगलबार दिउँसो करिब साढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको पूर्व अरनिको यातायातको बा. ३ ख ५३०८ नम्बरको बसले दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

लामोसाँगु जिरी सडकको सिन्धुपाल्चोकस्थित १६ किलो सडक खण्डमा दुर्घटनामा श्रेष्ठ गम्भीर घाइते भए । खुट्टा भाँचिएको थियो र रक्तश्राव भइरहेको थियो । बेलैमा कसैले उनलाई उद्धार गरेर अस्पतालसम्म लगेको भए बाँच्न सक्थे भन्ने फोटो हेर्दा पनि थाहा हुन्छ ।

तर, बसमा सवार यात्रु र स्थानीयवासीले घाइतेलाई उद्धार गर्नुको सट्टा मुकदर्शक बनेर हेरिरहे भने केहीले भिडिओ खिच्न थाले । घाइते श्रेष्ठको बायाँ खुट्टा काम नलाग्ने गरी भाँचिएको थियो । उनको शरीरबाट बगेको रगतले सडक रक्ताम्य थियो ।

उनले मोटरसाइकल चलाउँदा पछाडि भिरेको कालो झोला बीच सडकमा थियो । खुट्टा नचलेपछि सडक किनारमा दुवै हात पछाडि टेकेर उद्धारको याचना गरिरहेका श्रेष्ठलाई कसैले पनि उद्धार गरेनन् । मानिसहरू तस्वीर र भिडिओ खिच्न व्यस्त थिए भने कोही कम्मरमा हात समाएर बसेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यो भिड यतिसम्म निर्दयी र मानवतताशून्य थियो कि, कोही कसैले पनि घाईते श्रेष्ठको रगत बगिरहेको खुट्टामा कपडाले भएपनि बेरेर रक्तश्राव रोक्न सहयोग गरेनन् । दुर्घनास्थलबाट करिव एक किलो मिटरको दूरीमा रहेको पाखर प्रहरी चौकीका प्रहरीसमेत ढिलोगरी घटनास्थल पुगेका थिए ।

प्रहरी पुग्दासम्म श्रेष्ठको शरीरबार धेरै रगत बगिसकेको थियो । बसमा सवार यात्रुका अनुसार घाइतेले हेलिकप्टर मगाइदिन आग्रहसमेत गरेका थिए । उनको आग्रहलाई बसका यात्रु, स्थानीय र प्रहरीले सुनेको नसुने झैं गरे ।

ढिलोगरी घटनास्थल पुगेको प्रहरीले पनि घाइतेको उद्धार गर्न छाडेर तस्वीर र भिडिओ खिच्न लाग्यो । घटना मुचुल्का बनाएर मात्रै घाइतेलाई अस्पताल पठाइयो । यो बीचमा दुर्घटास्थल हुँदै गुड्ने सवारीका साधनले समेत घाइतेलाई उद्धार गरेनन् । दुर्घटनाका घटनामा घाइतेलाई पहिले उद्धार गरेर बाँकी प्रक्रिया अघि बढाउनु पर्दछ । घाइतेको जीवन रक्षापहिलो प्राथमिकता हो । तर, सिन्धुपाल्चोक दुर्घटनामा प्रहरी समेत घाइतेलाई समयमा उद्धार गर्न चुकेको देखिएको छ ।

ढिला गरी घाइतेलाई घटनास्थलबाट केही किलोमिटरको दूरीमा रहेको सिन्धुसदाबहार अस्पतालमा पुर्‍याइएकव थियो । सो अस्पतालका डा. देवेन्द्र गौतमले निकै ढिला गरी घाइतेलाई अस्पताल ल्याएको रतत्कालै काठमाडौं रिफर गरेको बताए ।

उनका अनुसार घाइतेको समयमै उपचार हुननसक्दा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । सिन्धु सदावहार अस्पतालले रिफर गरेका घाइते श्रेष्ठ भक्तपुरको साँगापुग्दा समेत बोल्दै गरेको उद्धारमा संलग्नहरूले बताएका छन् । तर, बीएण्डबी अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

श्रेष्ठ वैदेशिक रोजगारीको क्रममा फ्रान्स जानका लागि कागजात लिएर काठमाडौं जाने क्रममा दुर्घटनामा परेका हुन् ।


प्रतिक्रिया

19 thoughts on “विश्वराजले उद्धारको याचना गरिरहे, तर निर्दयी भिड भिडिओ र फोटो खिच्दै रमिते बन्यो

  1. येस्तो घटना यो भिद मध्ये जो कोहि लाई पनि हुन सक्छ।किन येस्तो भैरहेको छ हाम्रो समाज मा साच्चिकै मानाबता मर्दै मर्दै गाको हो त कि हाम्रो देश को कानुन झन्झटिलो जस्ले सहयोग गर्यो तेसलाइ नै दुख दिने परम्परा ले गर्दा होकि अब यो विषयमा बहस हुनु जरुरी छ्🙏मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😥

  2. मान्छे भएर मान्छे को जस्तोकाम गर्नु पर्छ !त्र मानवता हराएको रहेछ हाम्रो देश नेपालमा यति मान्छे भएर पनि कसैलाई दया आएन उद्धार गर्ने हिम्मत भएन! भावपूर्ण श्रद्धाञ्जली !!

  3. यो समाज क हुदैछ ? कता गईरहेको छ ? मानवता शून्य हे मानवरुपी दानवहरु 🤔😥😭

  4. जव एस्तो घटना घट्छ मानिस हरु अताल्लिदा रहेछन्। कामको वेला मलाइनी ६०० एम एम को ढल ले खुट्टा किचदा सवै हेरेर वसे, रिस त उठ्या थियो तर भुकम्पको वेला वुझे human psychology.

  5. दु:खद घटना मानबियता नै नैतिक धर्म हो ।
    घाइते को प्राथमिक उपचारमा उपस्तिथि सबै चुकेका छ्न आज यो समाचार ले उनीहरुको मन पोलेको पकै होला अब उपरान्त यस्तो समाचार कहिले पनि नआओस् मिर्तक प्रति हार्दिक श्रद्धाञ्जली ।

  6. एकदमै दुखद खबर भाई विश्वराज प्रति हार्दिक श्रदासुमन नेपाली समाजमा मानवता हराउदै गईरहेको छ र नेपालमा सचार क्षत्रमा फितसोलो कानुन हुनाले सोसल मिडियको चरम दुरुपयोग भईरहेको छ।

  7. येस्तो भाको बेलामा पहिलो प्राथमिकता दिनु पर्ने चाई बिरामी लाई हो र बाकी मुचुल्का यो के के चाई पछि हो यो चाई धेरै नै लापरबाही हो अलि चाडै गरेको भए सायद बाच्नु हुन्थ्यो होला

  8. सत्य तथ्य नबुझि समाचार नलेखे हुनेथियाे । त्यहाँ हेलिकप्टर मगाउने हिम्मत पत्रकारकाे थियाे भने किन बाेलाएन ? आफ्नाे मिडिया प्रचार गर्न जे पनि लेख्ने ? सिर्जना गाेलेले काेठामा बसेर लेखेकाे जस्ताे लाग्याे याे समाचार ।

  9. पत्रकार महोदयहरू नमस्कार,
    गल्ती मेरो थियो !!!!
    सर्न्दर्भ :हिजो भएको त्यो दुर्घटनाको फोटो यस गुप्रबाट हाल्नुमा तर त्यस्को उद्देश्य मानिस पहिचान र सम्बन्धीत व्यक्तिको आफन्तजनहरुलाई थाहा दिने मात्र थियो, फोटो हालेको करिब ४० मिनेट पछि मानिसको पहिचान भएकाे र त्यस पश्चात नाम/व्यक्तिको फोटो हटाइएको थियो । तर मनमा हात राखेर सोच्नुस त के अहिले समाचारको भ्युज बढाउन तपाईहरुले हालेको त्यस व्यक्तीको फोटोले उस्को आफन्तजनहरुको मन फोटो देख्दा झन बेदनाले कति तद्पिन्छ होला ?? कति दुख्छ होला ??
    कृपया सबैजनाले आफ्नो पेज/वाल बाट फोटो हटाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

  10. Yo gaau nai yestaai xa tya j jasto samasyaa haru vaye poni tya KO manchey lai tamaasha hernu bahek kehi poni garnu aaudaainaaa… Tya KO manchey ma maanabtaa vaneyy chiz alikati poni xainaa. …

  11. हाम्रो देस किन एस्तो हुदै छ सेम इंडिया जस्तो हुदै छ एस्तो केस मैले इंडिया मा भएको सुनेको थिए दया माया सकिदै छ यो देस मा जनता लाइ जति धरै सुबिदा दियो उति धरै दया माया सकिदै गएको छ र सस्कार घर मा आमा बुवा ले दिने हो यो सस्कार अहिले नेपाल मा कम हुदै छ दुखत खबर हो एस्तो अब कसैलाई हुन न परोस मृतक प्रती हार्दिक श्रद्धाञ्जली

  12. मृत्यु अत्यन्तै दु:खद कुरा हाे तर कानुन के भन्छ ? प्रहरी नआई उद्धार वा सहयाेग नगर र घाइते वा लास छाेयाैभने तिमीलाई कानुन लाग्छ, तारिक धाउनु पर्छ देख्नेले भनेर पत्याउन्न , प्रहरी टाढा हाेला, समय लाग्ला, अनि प्रकृया पुराउनु पर्याे नत्र उसलाई पनि लापरवाहीकाे आराेप लाग्छ । मैले सफाइ त पाएँ तर दुख पाएकाे अनुभव छ उद्धार गरेवापत ।

  13. इन्द्रमानजीकाे अनुभव के हाेला, जान्न मन लाग्याे, सम्पर्क गर्न कसरी सकिएला ?

  14. सबको दिन आउँछ । निकट भबिष्यमा नेपालीहरुले तानासाहलाई निम्तो दिंदैछन् । प्रजातान्त्रीक छाडाहरुले एक पटक चाख्नुपर्छ ।

  15. न्युज कति को सत्य आउँछ भन्ने थियो तर यसमा कुनै पनि शब्द सत्य आएन होला तिमी दोलखाकी रिपोर्टर होलाऊ तर सुनेको र देखेको भरमा कहिलेपनि समाचार सम्प्रेषण गर्नु हुँदैन यसमा उद्दार गर्न खटिएका स्थानीयलाई पनि बेकारमा गरेको जस्तो हुन्छ। दुर्घटना को समय २-४ मिनेट मा स्थानीयले देख्ने साथ पहिला पुलिस प्रशासन र त्यसपछि लगत्तै एम्बुलेन्सलाई संपर्क गरेका थिए पुलिस प्रशासन केही मिनेट मै आई पुग्यो स्थानीयले कुनै एक गाडीमा हालेर पठाऊ भन्दा पुलिस प्रशासन आनाकानी गर्न थाल्छन् । हुन नी हो दुर्घटना भएको व्यक्तिलाई कसैले पनि लिएर जान मान्दैन्न यो पनि कमजोरी प्रहरी प्रशासन को हो अर्को कुरा संपर्क गरेको एम्बुलेन्स लगभग आधी घण्टा वा सो भन्दा बढी समय पछि आइपुग्छ। ई भए एम्बुलेन्स आउनु समय सम्मको येथर्था कहानी दुर्घटना समय भए देखि लगभग ३५-४५ मिनेट बिरामी त्यही छ भने त्यहाँ छेउमा भएकाहरूले फोटो खिच्न भएनन् र अब हेर्नुहोस् फोटो खिच्ने मानिस कस्ता थिए त

    *उनीहरूले भन्दा त समयमा एम्बुलेन्स आएनन सवारी भएका कसैको मन भयो
    स्थानीयले के सोचे भन्ने मा पनि भर पर्छ
    * गाडीले ब्याक गरेर मार्ला भनेर सोचे, त्यहाँ मार्न दिएन त्यो उनीहरूको गल्ती भयो।
    * कुनै ठाउँमा दुर्घटना गर्ने गाडी जलाउँछन् त्यहाँ उनी हरुले गाडी नजलाउँदा गल्ती भयो
    * पहाडी जिल्ला हो सबै युवाहरु काम तिर व्यस्त थिए बुढापाखाले दुर्घटना हेर्न नसकिने अवस्थामा थियो त्यही पनि आफ्नै सन्तान जसरी हात उद्दारको लागि बढाए त्यो स्थानीयको गल्ती भयो।
    समाचार लेख्दा त्यो ठाउँमा गएर बुझेर लेख्ने गर्नुहोस

  16. आज आएर थाहा भयो, की सिन्धुपालचोक का पाखर का डनहरु हुन, बस भाड़ा नतीरी बस मा हिन्छन भनेको सुनेको थिए, तर आज थाहा भयो मानबता हराएको ठाउ नई रहेछ | धिक्कार छ त्यो गाउका मानिसहरु र ति रमितेहरु लाई |

  17. उद्दार नगर्नु अमानबियता । जो कोहिले पनि जे जस्तो अवस्था भए पनि उद्दारमा सम्लग्न हुनु नै मानबिय कर्तव्य हो । तर यो देशमा पनि मानबता हराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर