अमेरिकी राष्ट्रपतिको कुकुर जर्मन सेफर्डले ह्वाइट हाउसमा गुप्तचर टोकेर हैरान – Nepal Press

अमेरिकी राष्ट्रपतिको कुकुर जर्मन सेफर्डले ह्वाइट हाउसमा गुप्तचर टोकेर हैरान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले सात गुप्तचर कर्मचारीलाई टोकेको छ ।

जर्मन सेफर्ड प्रजातिको कुकुरले टोक्दा एक गुप्तचर अधिकारीले अस्पताल भर्ना हुनुपरेको छ ।

चार महिनामा सात कर्मचारीलाई कुकुरले टोकेर हैरान गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

अमेरिकी अखबार न्यू योर्क पोस्टले पनि समाचार प्रकाशन गरेको छ । पोस्टका अनुसार कुकुरले वाइट हाउसमै आतंक मच्चाएको छ ।

गुप्तचर अधिकारीहरूले लेखेको मेमोमा बाइडेनको कुकुर आतंक देखिएको बताइएको छ ।

एक गुप्तचर अधिकारीको ५०० अमेरिकी डलरको कोट पनि कुकुरले टोकेर बिगारेको न्यू योर्क पोस्टले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर