हेजबुल्लाबाट इजरायलमा दर्जनौँ मिसाइल प्रहार- इजरायली हवाई शिविरमा क्षति – Nepal Press

हेजबुल्लाबाट इजरायलमा दर्जनौँ मिसाइल प्रहार- इजरायली हवाई शिविरमा क्षति

काठमाडौं । लेबनानी हतियारधारी समूह हेजबुल्लाले इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरेको छ ।

केहि समय अगाडी दक्षिण लेबनानमा इजरायलले गरेको हमलाको प्रतिकारमा यस्तो प्रहार भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार इजरायलको मोन्ट मेरोनमा हेजबुल्लाको मिसाइल हमला भएको हो । जसबाट इजरायली हवाई शिविरमा क्षित पुगेको बताइएको छ ।

शनिवार राती भएको हमलामा सबै मिसाइलहरू झारिएका वा लक्ष भन्दा अन्तै झरेको इजरायली मिडिया टाइम्स अफ इजरायल तथा जेरुसेलम पोस्टले उल्लेख गरेको आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर