तोकिएको समयसीमाबाटै माल्दिभ्सबाट फर्किए भारतीय सैनिकहरु – Nepal Press

तोकिएको समयसीमाबाटै माल्दिभ्सबाट फर्किए भारतीय सैनिकहरु

काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सैनिकहरु समयसीमा भित्रै स्वदेश फर्किएका छन् । वर्तमान राष्ट्रपति महोमद मैजूले तोकेको मे १० तारिकको समयसीमा भित्रै भारतीय सैनिकहरु फर्किएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार बिहिबारै भारतीय अधिकारीहरुले भारतीय सैनिकहरु फर्किएको बताएका छन् । चीन पक्षधर मानिने माल्दिभ्सका राष्ट्रपति मैजूले आफ्नो चुनावी मुदु्दा नै भारतीय सैनिक फिर्ता बनाएका थिए ।

भारतका ८० सैनिकलाई स्वदेश फिर्ता गर्ने उनको मुद्धामा भारत सहमत भएको थियो । किस्ता किस्तामा फिर्तामा सहमत भएको भारतले मे १० लाई अन्तिम किस्ता बनाएको थियो । त्यहीअनुरुप सबै भारतीय सैनिकहरु भारत फर्किएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर