फिजिका पूर्वप्रधानमन्त्रीलाई प्रहरी अनुसन्धानलाई रोकेकोमा एक वर्ष जेल सजाय – Nepal Press

फिजिका पूर्वप्रधानमन्त्रीलाई प्रहरी अनुसन्धानलाई रोकेकोमा एक वर्ष जेल सजाय

काठमाडौं । फिजिका पूर्वप्रधानमन्त्रीलाई एक वर्ष जेल सजाय भएको छ । भ्रष्टाचार गरेको आरोपमा भएको प्रहरी छानबिनलाई रोकेको भन्दै उनलाई एक वर्ष जेल सजाय भएको बीबीसीले उल्लेख गरेको छ ।

पूर्वप्रधानमन्त्री फ्राङ्क बैनिमारामालाई यस्तो सजाय सुनाइएको हो । सन् २०२२ मा भएको चुनावबाट बाहिरिनु अगाडि उनी १५ वर्षसम्म फिजिका प्रधानमन्त्री भएका थिए ।

फिजिमा प्रधानमन्त्रीको रुपमा लामो समय रहेका उनले जलवायु परिवर्तनको मुद्धामा समस्याग्रस्त देशहरुलाई क्षतिपुर्ति दिनुपर्छ भन्नेमा विश्वस्तरिय नेतृत्व पनि गरेका थिए । विश्वविद्यालयको एक घोटालामा उनी आरोपित भएका थिए । त्यसमा प्रहरीले गरेको अनुसन्धानमा उनले असहयोग गरेको भन्दै उनलाई एक वर्ष जेल सजाय सुनाइएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर