सभामुखले कानूनमन्त्री, दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा बोलाए – Nepal Press

सभामुखले कानूनमन्त्री, दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्य/प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका हुन् । छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतको विषयमा केन्द्रित हुने बताइएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर