बालुवाटारबाट निस्केर रमेश लेखकले भने- संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ (भिडिओ) – Nepal Press

बालुवाटारबाट निस्केर रमेश लेखकले भने- संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धानका लागि संसदीय समिति बनाउन सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

लेखकले प्रधानमन्त्रीसँग पार्टीले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग दोहोर्‍याएको बताएका छन् ।

उनले भने,‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छाैं । प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो । हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ । भोलि हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौँ ।’

प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर