दिल्लीका मुख्यमन्त्री केजरिवाल जेलबाट तारेखमा रिहा – Nepal Press

दिल्लीका मुख्यमन्त्री केजरिवाल जेलबाट तारेखमा रिहा

काठमाडौं । चुनावको मुखमा थुनामा परेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल रिहाइ भएका छन् ।

भारतीय अदालतले उनलाई २१ दिनलाई तारेखमा रिहाइ गरेको भारतीय मिडिया एनडीटिभीले उल्लेख गरेको छ ।

जुन २ मा आत्मसमर्पण गर्नेगर भारतीय अदालतले केजरिवाललाई तारेकमा छोड्ने फैसला गरेको छ । केजरिवाल गत मार्च २१ मा पक्राउ परेका थिए।

तारेखको रिहाइमा आमआदमी पार्टीले प्रतिक्रिया दिँदै भनेको छ, ‘आज अदालतले थोरै आशाको किरण दिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर