श्रीलंका विश्वकपमा, जिम्बावे ९ विकेटले पराजित – Nepal Press

श्रीलंका विश्वकपमा, जिम्बावे ९ विकेटले पराजित

हरारे । जिम्बावेलाई ९ विकेटले हराउँदै श्रीलंका एकदिवसीय विश्वकप पुग्न सफल भएको छ ।

विश्वस्तरको छनोटअन्तर्गत सुपर सिक्समा लगातार चौथो जीत हात पार्दै श्रीलंकाले विश्वकपमा स्थान बनाएको हो ।

१० टोली सहभागी विश्वकप छनोटबाट २ टोलीमात्र विश्वकपमा पुग्छन् । सुपर सिक्समा श्रीलंकाको ४ खेलबाट ८ अंक रहेको छ । ४ खेलबाट ६ अंक भएको जिम्बावे दोस्रो स्थानमा छ । ३-३ खेल खेलेका स्कटल्यान्डले ४, नेदरल्यान्ड्सले २ अंक जोडेका छन् ।

वेस्ट इन्डिज र ओमानले खाता खोल्न सकेका छैनन् । अन्तिम खेलमा जिम्बावेले स्कटल्यान्डसँग खेल्नेछ । यस्तै नेदरल्यान्ड्स र स्कटल्यान्डबीच पनि प्रतिस्पर्धा हुन बाँकी छ ।

पहिला ब्याटिङ गरेको जिम्बावे १६५ रनमा समेटिएको थियो । श्रीलंकाले ३३.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *