ज्यान मुद्दामा फरार ९ वर्षपछि पक्राउ – Nepal Press

ज्यान मुद्दामा फरार ९ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतीदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समरबहादुर सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनले काठमाडौं सेतीदेवी, तौथली कुष्ठरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की)को हत्या गरेका थिए । सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समरबहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसीले जानकारी दिइन् ।

बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समरबहादुरलाई आवश्यक कानूनी कारबाहीको लाीि प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर