बागमती प्रदेशसभा परिसर जलमग्न हुँदा प्रदेशसभा सांसद छिर्न पाएनन् (तस्बिरहरु) – Nepal Press

बागमती प्रदेशसभा परिसर जलमग्न हुँदा प्रदेशसभा सांसद छिर्न पाएनन् (तस्बिरहरु)

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको बागमती प्रदेशसभा भवन परिसरजलमग्न हुँदा सांसदहरु बैठकस्थल छिर्न सकेका छैनन् ।

गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको सन्दर्भमा आज सुरु हुने भनिएको बैठकमा सहभागी हुन प्रदेश सांसदहरु आएका थिए । तर, केही बेरमात्रै परेको पानीको कारण प्रदेशसभा परिसर जलमग्न हुँदा १ बजे सुरु हुने भनिएको बैठकमा सहभागी हुन सांसदहरुलाई मुस्किल परेको हो ।

प्रदेशसभा छिर्ने ढोकासम्म पानी जमेपछि सांसदहरु अलमलमा परेका थिए । प्रत्येक पटक पानी पर्दा यस्तो समस्या आए पनि समाधानमा चासो दिइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर