उखरमाउलो गर्मी ! ज्यानको प्रवाह नगरी काम गर्छन् मजदुर (तस्बिरहरु) – Nepal Press

उखरमाउलो गर्मी ! ज्यानको प्रवाह नगरी काम गर्छन् मजदुर (तस्बिरहरु)

जनकपुरधाम । उखरमाउलो गर्मीले मधेशको जनजीवन प्रभावित बनेको छ । बजारमा मात्र होइन्, ग्रामिण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । सबभन्दा बढी समस्यामा परेका छन् मजदुरहरु ।

केहि दिनदेखि मधेशका जिल्लाहरुको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तापक्रम अत्यधिक बढेपछि तातो हावा ९लू० चल्छ ।

विहान १०/११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ । घरमा बस्दा विजुली आउनेरजाने समस्याले सर्वसधारण हैरान छन् ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान छ । घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् मानिसहरु । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सतु बेच्ने, ठेलामा आँप बेच्नेहरु घामबाट जोगिन छाता ओढेको देखिन्छन् ।

जनकपुरधामको रामानन्द चौकमा जुत्ता चप्पल मर्मत गर्ने रामानन्द महराले यतिधेरै गर्मीमा काम गर्न निक्कै कठिन भएको सुनाए ।

अन्दाजी ४० वर्षीय उनले भने, ‘काम नगरे पेट कसरी चल्छ ? गर्मीले टाउको दुस्ख्छ, चक्कर आउँछ । तर पनि काम गर्नुपर्छ ।’

३५ वर्षीया सकुन्तला मुसहर नाला निर्माण कार्यमा खटेकी छन् । उनी ज्यानको प्रवाह नगरी दिनभर चर्को घाममा काम गर्छिन् ।उनले भनिन्, ‘घरको मजबुरीले यस्तो अबस्थामा पनि काम गर्छु ।’

वर्षा नभएकाले यो वर्ष खपिनसक्नु गर्मी भएको सर्वसधारण बताउँछन् ।

‘वर्षा नभएर ज्यानमारा गर्मी भएको छ’, कमला नगरपालिका ३ का किसान अशोक यादवले भने, ‘खेतमा धानको ब्याड ‘बिउ’ सुक्न थाल्यो । खै, कहिले बर्षा हुन्छ !’

यो वर्ष खडेरी (रौदी) पर्ने जस्तो लागिरहेको छ- उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर