‘अखण्ड भारत’को नक्साबारे प्रधानमन्त्रीलाई भारतको जवाफ- राजनीतिक रूपले हेर्न हुँदैन (पूर्णपाठ) – Nepal Press

‘अखण्ड भारत’को नक्साबारे प्रधानमन्त्रीलाई भारतको जवाफ- राजनीतिक रूपले हेर्न हुँदैन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले संसदमा राखेको अखण्ड भारतको नक्साबारे भ्रमणको क्रममा उठाएको दाबी गरेका छन्।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नक्साबारे आफूले सोधिखोजी गरेको बताए।

‘अखण्ड भारतको नक्साबारे कुरा भयो मैले गम्भीर रुपले नै। धेरै अध्ययन भइसकेको त थिएन तर, पनि जसरी मिडियामा आएको थियो त्यसरी नै मैले प्रश्न गरेँ के हो यो नक्सा नयाँ संसद् भवनमा ? भनेर मैले सोधे’ उनले भने, ‘तर, उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन ऐतिहासिक र सांस्कृतिक नक्सा हो यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो योबारे अध्ययन गर्न बाँकी छ। मैले कुरा उठाएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर