रहेनन् महाभारत टेलिश्रृंखलाका ‘शकुनी’ गुफी पेन्टल – Nepal Press

रहेनन् महाभारत टेलिश्रृंखलाका ‘शकुनी’ गुफी पेन्टल

काठमाडौं । ‘महाभारत’ टेलिशृंखलामा शकुनीको भूमिका निर्वाह गरेका भारतीय कलाकार गुफी पेन्टलको आज मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । ७८ वर्षीय चर्चित अभिनेता पेन्टलको सोमबार बिहान ९ बजे निधन भएको हो ।

गुफीका छोरा ह्यारी पेन्टलले उनको मृत्यु भएको खबर दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमा बुवाको दुःखद निधन भएको बताउँदै नोट लेखेका छन् । ह्यारीका अनुसार गुफीको शरीरलाई आजै अन्त्येष्टि गरिनेछ ।

गुफीले सन् १९७५ मा ‘रफू चक्कर’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । फिल्म र धेरै टीभी शोहरुमा काम गरिसकेका उनलाई सन् १९८८ मा बीरआर चोपडाले निर्माण गरेको सुपरहिट शो ‘महाभारत’ले दर्शकमाँझ चिनायो । ‘महाभारत’मा उनले निभाएको शकुनी मामाको भूमिकालाई दर्शकले अत्यधिक रुचाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर