ट्रकको ठक्करबाट हात चुँडिएका युवकको मृत्यु – Nepal Press

ट्रकको ठक्करबाट हात चुँडिएका युवकको मृत्यु

हेटौँडा । मकवानपुरमा ट्रकको ठक्करबाट बसमा सबार एकजनाको हात चुँडिएर उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसलाई ठक्कर दिँदा बाहिर हात निकालेका युवकको मृत्यु भएको हो । मृत्यु हुने पुरुषको पहिचान खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिएको थियो ।

साथै निधारमा चोट लागेको थियो । दाहिने हात चुडिएपछि प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर