निःशुल्क पीठाे वितरणमा भागदौड हुँदा पाकिस्तानमा ११ जनाको मृत्‍यु – Nepal Press

निःशुल्क पीठाे वितरणमा भागदौड हुँदा पाकिस्तानमा ११ जनाको मृत्‍यु

काठमाडौं । गम्भीर आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा निःशुल्क वितरण गरिरहेको पीठो लिन जाने क्रममा ११ जनाको मृत्‍यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पञ्जाब प्रान्तमा मात्रै सित्तैमा पीठो पाउन संघर्ष गरिरहेका ११ जनाको मृत्‍यु भएको हो ।

मृत्‍यु हुनेमा दुई जना महिला रहेको पीटीआईले जनाएको छ । पन्जाब प्रान्तको साहिवाल, बहावलपुर, मुजफ्फरगढ र ओकारा गरी चार जिल्लामा ११ जनाको मृत्‍यु भएको रिपोर्टमा उल्लेख छ । उक्त घटनामा थप ६० जना घाइते भएको बताइएको छ ।

पाकिस्तान सरकारले भागदौडका कारण मानिसको मृत्यु भएको जनाएको छ । ‘दुनिया न्युज’ टीभी च्यानलको रिपोर्टअनुसार पाकिस्तानमा अहिले एक किलोग्राम पीठो १८५ रुपैयाँमा बिक्री भइरहेको छ । प्रतिरोटीको भाउ ४० रुपैयाँ पुगेको छ ।

यसलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले निःशुल्क पीठो वितरण सुरु गरेको छ । हाल पाकिस्तानमा महँगीदर झण्डै ५० प्रतिशत पुगेको छ । जुन सन् १९७५ यताकै अधिक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर