‘जय हो’ को औपचारिक घोषणा, चैत्र ५ देखि फ्लोरमा जाने – Nepal Press

‘जय हो’ को औपचारिक घोषणा, चैत्र ५ देखि फ्लोरमा जाने

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ ।

टेक पौरखी राईको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबी मगरलगायतकाको अभिनय रहनेछ ।

सिनेमाको द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्तप्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमानसिंह बस्नेत र गणेश भण्डारी तथा निर्माण संयोजकमा सुभाष काफ्ले दुःखी रहेका छन् ।

आगामी चैत्र ५ देखि फ्लोरमा जाने चलचित्रको छायांकन ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन तथा शम्भुजित बाँस्कोटा र सागर आलेमगरको संगीत रहनेछ ।

कमेडी, एक्सन र लभस्टोरीको समीश्रण रहने चलचित्र आगामी भाद्र ८ मा रिलिज गरिनेछ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार ‘जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेल’का सञ्चालक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर