सामन्थ पावर काठमाडौंमा- नेपाललाई ७ अर्ब बढीको आर्थिक सहायता दिने अमेरिकी घोषणा

२०७९ माघ २४ गते १८:५२

काठमाडौं । अमेरिकी विकास सहायता नियोग यूएसएआईडीले नेपाललाई ७ अर्ब रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ ।
बुधबार नेपाल भ्रमणमा आएकी यूएसएआईडी प्रमुख तथा अमेरिकी सुरक्षा सल्लाहकार सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर सहायता घोषणा गरेकी हुन् ।
नेपालको लोकतान्त्रिक प्रक्रियालाई सघाउन सो रकम खर्च हुने पावरले बताएकी छन् । यसमा नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रको सहभागिता रहने बताइएको छ ।
यूएसएआईडीले नेपाल सरकारले हालै जारी गरेको न्यूनतम साझा कार्यक्रममा समावेश भएका सरकारी प्राथमिकताहरुसँग पनि यो सहयोग साझेदारी हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर