भूकम्पले कारागार भत्किएपछि सिन्धुपाल्चोकबाट भागेकी कविता ७ वर्षपछि पक्राउ

२०७९ माघ २४ गते १७:२३

काठमाडौं। मानव बेचबिखन मुद्धामा १३ वर्ष ७ महिना कैद सजाय भएकी एक महिला पक्राउ परेकी छिन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ स्थायी घर भएकी कविता घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो।
सिन्धुपाल्चोक जिल्ला अदालतले अदालतले २०६९ सालमा कवितालाई मानव बेचबिखनमा १३ वर्ष ७ महिना कैद गर्ने सजाय सुनाएको थियो। जेलम रहेको अवस्थामा उनी भागेकी थिइन्।
२०७२ सालको भूकम्पले कारागार भत्किएपछि कवितासहितका कैदीबन्दी भागेका थिए। कविता यसबीचमा पक्राउ पर्न सकेकी थिइनन्। कवितालाई आवश्यक कारबाहीका लागि सिन्धुपाल्चोक जिल्ला अदालत पठाइएको ब्युरोले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर