कैलालीमा रविका समर्थकले जलाए कान्तिपुर – Nepal Press

कैलालीमा रविका समर्थकले जलाए कान्तिपुर

कैलाली । पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने विरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकले कैलालीमा कान्तिपुर पत्रिका जलाएका छन् ।

केही समर्थकहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका हुन् । उनीहरुले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।

हिजो पत्रकार सम्मेलनमा लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए ।

कान्तिपुर पत्रिका मालिक आफू विरुद्ध खनिएको अभिव्यक्ति दिएको भोलिपल्टै युवाहरूले पत्रिका जनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर