पत्रकार महासंघले भन्यो- लामिछानेको ‘धम्की’ले पत्रकार र सञ्चारमाध्यम असुरक्षित भए
अभिव्यक्ति फिर्ता लिन चेतावनी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यत्तिलाई लिएर पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । रविले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
महासंघद्वारा जारी विज्ञप्तिमा रविले लगाएका आरोपहरुलाई आधारहीन र पूर्वाग्रही करार गरिएको छ । देशको चौंथो ठूलो दलका अध्इक्ष र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यत्तिले संयम गुमाएर अभिव्यक्ति दिएको महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बताएका छन् ।
‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।
महासंघले लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ ।
यो पत्रकार महासंघ भनेको हैसियत नभएको कान्तिपुरको दलाली गर्न, त्यसका मालिकको हण्डी खाएर चलेको संस्था रहेछ । यस्ता नालायक संस्थाले विज्ञप्ती निकाल्ने हैसियत छैन । रविले जे भने ठिक भने । पत्रकारहरू गद्दार भए । देश भाँडने पत्रकार र न्यायाधिश हुन् । यी वेलगाम र दलाल भए । देश बर्वाद भयो ।अब यिनलाई तह लगाउने कानून चाहियो ।
First page and last pagema content ko kati % ad print garna milxa..kantipurley follow gareko xa?? Where is your so called code of conduct?
यसको मतलब रबि आफै जिम्मेवार हुनेछ कुनै घटना घटे भन्नुको अर्थ चाहिँ नेपाल् पत्रकार महासङ्गले नै घटाउन खोजेको होत त्यो घटना मेरो प्रश्न?