प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ ।

अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आएकी हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरे । सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएकी थिइन् ।

नुल्याण्ड आइतबार नेपाल आइपुगेकी थिइन् ।

उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर