रविलाई नागरिकता दिने प्रक्रियामा गएका छौं : जिप्रका काठमाडौं – Nepal Press

रविलाई नागरिकता दिने प्रक्रियामा गएका छौं : जिप्रका काठमाडौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रवि लामिछानेलाई पुन: नागरिकता दिन प्रक्रिया सुरू गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि लामिछाने आइतबार पुन: नेपाली नागरिकता प्राप्तिको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । उनलाई नागरिकता दिन प्रक्रिया जारी रहेको काठमाडौंकी सहायक प्रजिअ देवी पाण्डेले नेपाल प्रेसलाई बताइन् ।

पाण्डेले भनिन्, ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा आफैँ आएर निवेदन दिनुभएको छ । अहिले नागरिकता कायम गर्ने प्रक्रियामा रहेको छ ।’

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविले नागरिकता पुन: नागरिकता नलिएको बताएको थियो । सर्वोच्चको आदेशसँगै उनले मन्त्री र सांसद पद गुमाएका छन् ।

यसअघि लामिछालेले नागरिकता लिनका लागि गृहमन्त्रालयसँगसमेत परामर्श गरिसकेका छन् । मन्त्रालयले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी त्यसैअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिने प्रक्रियामा लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर