जसपाका वीरेन्द्रलाई मधेसको मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने तयारी – Nepal Press

जसपाका वीरेन्द्रलाई मधेसको मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने तयारी

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्य न्यायधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुरलाई नियुक्त गर्ने तयारी गरेको छ ।

सिरहा घर भएका ठाकुर हाल वीरगञ्जमा बस्दै आएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) निकट हुन् ।

अघिल्लो सरकारले अधिवक्ता दीपेन्द्र झालाई मुख्यन्यायाधिवक्ता बनाएको थियो । गत भदौ १८ मा राजीनामा दिएर उनी जसपाबट प्रदेशसभा सदस्य लडेकोमा पराजित भए ।

मुख्यन्यायाधिवक्ताबाट राजीनामा दिएको ६ महिना बित्दासम्म झाको नाम र फोटो सरकारी वेबसाइटमा मुख्यन्यायाधिवक्ताकै रूपमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर